काठमाडौं । बत्तीसपुतलीस्थित द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ। भारतको सिक्किममा जन्मिएकी अम्बिका नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह गरेपछि काठमाडौं छिर्नुभएकाे थियाे।श्रीमान्को मृत्युपछि उहाँ द्वारिकाज होटलको अध्यक्ष हुनुभएकाे हाे। सफल महिला उद्यमीको रुपमा उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएकाे छ।