प्रदेश खेलकुद परिषद गण्डकीमा अभिमुखीकरण तालिम सम्पन्न

author

समाचारपाटी

३ years अगाडि

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण तालिम आयोजना गरिएको हो । अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौं राष्ट्रिय खेलकुदमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिनुभयाे ।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदले आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताउनुभयाे । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभुती भएको बताउँदै प्रदेशका सबै जिल्लाहरुले प्राप्त बजेटहरुको समुचित प्रयोग र व्यवस्थापन आवश्यक्ता रहेको बताउनुभयाे ।

सो अवसरमा परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

यसै विच प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका विच नगद सहित सम्मान गर्ने भएको कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिनुभएकाे छ । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । कार्यकारी सदस्य गुरुङका अनुसार एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ ।

त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुन लागेका हुन् । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् ।

नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने छ ।


काठमाडौं

शुक्रबार, असार २७, २०८२

२०.७८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ