काठमाडौं ।जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो निर्णय गरेको हो। लामिछानेले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलनमा लामिछानेलगायत ३९ जनालाई प्रतिवादी बनाइएको छ।