काठमाडौं l पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति अन्तरङ्ग साथी बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ । चाइल्डसेफनेटले हिजो सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका तथा युवा बेखबर रहेका छन् ।
बालबालिका लागि सुरक्षित इन्टरनेटबारे काम गर्दै आएको संस्था चाइल्डसेफनेटले १६ वर्षदेखि २४ वर्षसम्मका ४ हजार ५ सय १ जनामा गरेको सर्वेक्षणमा अनलाइनमार्फत अन्तरङ्ग साथबाट सबैभन्दा धेरै हिंसामा परेको देखाएको हो ।
तथ्याङ्कमा सबैभन्दा धेरै सुनसरीमा भएको अनुसन्धानमा सहभागीमध्ये ३८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट हिंसा भोगेका उल्लेख छ । सातै प्रदेशअन्तर्गत सुनसरी, पर्सा, काठमाडौं , चितवन, दाङ, झापा, लमजुङ, कास्की, डोटी र सुर्खेत १० जिल्लाका १३ पालिका छनोट गरेर हिंसाकोबारे अनुसन्धान गरिएको थियो ।
Sexual Violence Research Initiative (SVRI) सँगको सहकार्यमा गरिएको अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरङ्गसम्बन्ध हिंसाको प्रवृत्ति, स्वरूप र प्रविधिको दुरुपयोगबारे विस्तृत रूपमा अुसन्धान गरिएको थियो ।
प्रतिवेदनअनुसार ४० दशमलव ५ प्रतिशत सहभागीहरूले अहिले वा विगतमा अनलाइनको माध्यमबाट अन्तरङ्गसम्बन्ध भएको बताएका थिए । अन्तरङ्गसम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन हिंसा भएको बताएका थिए ।
यस्तै ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको बताएका छन् । १६ देखि १७ वर्षका कशोरकिशोरी र १८ देखि २४ वर्षका युवायुवती दुवै उमेर समूहका सहभागीहरू समान रूपमा अन्तरङ्ग अनलाइन हिंसाको जोखिममा रहेको पाइएको छ ।
तुलनात्मक रूपमा युवामा दुर्व्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र जोगिन सक्ने क्षमता धेरै रहेको पाइएको छ ।
किशोरकिशोरी तथा युवायुवतीमानजिकका साथीबाटनजिकका साथीबाट नै किशोरकिशोरी तथा युवायुवतीमा अनलाइन हिंसा बढ्दो