पोखरामा हुने अनलाईन पत्रकारिता तालिमको तयारी तिव्र, विभिन्न उपसमिति गठन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । अनलाईन पत्रकार संघ गण्डकीले आगामी बैशाख २ गते देखि ४ गतेसम्म आयोजना गर्न लागेको अनलाईन पत्रकारिता तालिमको तयारी तिव्र पारिएको छ । तालिम संयोजकमा संघका अध्यक्ष गणेश बराललाई चयन गरेको छ ।

मंगलबार बसेको संघको बैठकले तालिमलाई व्यवस्थित र थप उपलब्धिमुलक बनाउन विभिन्न ६ वटा उपसमितिहरु पनि गठन गरेको छ । अध्यक्ष बरालको संयोजकत्वमा रोहित बस्नेत र निरज बसौला सदस्य रहेको यातायात, आवास, खाना तथा अतिथि व्यवस्थापन उपसमिति चयन गरेको छ । त्यस्तै उपाध्यक्ष सन्तोष बस्यालको संयोजकत्वमा सचिव प्रल्हाद चन्द्र घिमिरे र कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) सदस्य रहेको कार्यक्रम तथा मञ्च व्यवस्थापन उपसमिति, सचिव प्रल्हाद चन्द्र घिमिरेको संयोजकत्वमा कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) र सुरेशराज अधिकारी सदस्य रहेको प्रतिवेदन लेखन उपसमिति गठन गरेको छ ।

त्यस्तै कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) को संयोजकत्वमा सञ्जय आचार्य र प्रविण मगर सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति, सल्लाहकार रञ्जन अधिकारीको संयोजकत्वमा सागरराज तिमिल्सिना र प्रकाश ढकाल सदस्य रहेको सहभागि व्यवस्थापन तथा मुल्यांकन उपसमिति गठन गरिएको छ । त्यसैगरि तालिम संचालका क्रममा आइपर्ने विविध समस्या तत्काल समाधान गर्नका निम्ति संघका कार्यसमिति सदस्यहरु ऋिषिराम दाहाल, दिपकराज गिरी, शिव न्यौपाने, शेखर कोइराला र सरिता गुरुङ सदस्य रहनेगरि क्विक रेस्पोन्स टिम चयन गरिएको छ ।

पोखरामा रहेर अनलाईन पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि आयोजना गर्न लागिएको तालिममा पत्रकार आचारसंहिता, तथ्य जाँच, अनलाईन पत्रकारिता र लेखनवृत्ति सम्बन्धी सेसनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । तालिम पोखराको सृजनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा सञ्चालन हुने छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन