एक दिवसीय सिरिजमा आज नेपालले क्यानडासँग दोस्रो खेल खेल्दै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ स् १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।

नेपालको कप्तानी रोहित पोडेल र क्यानडाको साद बिन जफरले गर्नेछन् । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए । पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिनसक्छ ।

विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ । कुशल भुर्तेल, रोहित र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् ।

अनुभवी बलर सोमपाल कामी प्रमुख बलर हुन् । नेपालविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका निकोलस किर्तोन र परगत सिंहको प्रदर्शन क्यानडाको लागि महत्वपूर्ण हुनेछ । बलिङमा राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

उदय भागवान, ईश्वरजित सोहि र साद बिन जफार प्रमुख बलर हुन् । नेपालले आईसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नुअघि तयारीको लागि क्यानडासँग तीन खेलको सिरिज खेलेको हो ।

क्यानडाले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज यूएईमा गएर खेल्नुअघि नेपालसँग सिरिज खेलेको हो । क्यानडा, यूएई र स्कटल्यान्डबीच लिग(२ को पहिलो सिरिज हुनेछ । नेपाल र क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ ।

नेपाली टोलीः

रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार शाह ।

क्यानडाको टोली

साद बिन जाफर ९कप्तान०, आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।

onlinekhabar


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन