fbpx

म्याग्दीमा कृषकलाई डेढ करोड अनुदान वितरण गरिदै

author

समाचारपाटी

२ years अगाडि

म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९/८० मा डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । एक करोड ५१ लाख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनोट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख किरण सिग्देलले ९२ वटा कृषि फार्म, सहकारी र समूह अनुदानका कार्यक्रममा छनोट भएका जानकारी दिनुभयो । ‘सार्वजनिक सूचना आह्वान गरेर संकलन भएका आवेदनको स्थलगत मूल्यांकन गरी मापदण्डमा पर्नेलाई छनोट गरिएको हो,’ उहाँले , ‘छनोट भएकाहरूलाई सम्झौता गर्न बोलाएका छौँ ।’

३० लाख बजेट विनियोजन भएको साना सिँचाइ कार्यक्रममार्फत १५ वटा फार्म, सहकारी र समूहले सिँचाइ नहर, पाइप खरिद जडान र ट्याङ्की निर्माण गर्न कूल लागतको ९० प्रतिशत अनुदान पाउने भएका छन् । साना सिँचाइ कार्यक्रमका लागि २२ वटा आवेदन परेको थियो ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले रु २५ लाख बजेट विनियोजन भएको आलु खेती प्रवर्द्धन कार्यक्रमका लागि १८ वटा आवेदन परेकामा छनोट भएका १० वटा समूहले प्रस्ताव गरेका कार्यक्रम गर्न कूल लागतको ५० प्रतिशत अनुदान पाउने बताउनुभयो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१६.३८°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने