यातायातमन्त्री ज्वालाद्वारा कमला नदीस्थित भाँचिएको पुलको स्थलगत अनुगमन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ । 


आईतवार मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गर्नुभएको हो । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरुले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् । पुल भाँचिएसँगै पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा कम समयमा पुगिने ठाउँमा पनि धेरै समय लग्ने गरेको छ । मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात् छिटै पुल निर्माण गरी स्थायी समाधान  खोज्ने निस्कर्षमा पुगेको बताउनु भयो । उहाँले एक वर्षभित्र सुचारु हुने इन्जिनियरले बताएकाले एक वर्षभित्र पुल सञ्चालनमा ल्याउन सकिने अनुमान रहेको बताउनु भयो ।

उहाँले भाँचिएको पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताउनु भयो  । उहाँले गुणस्तर पनि कायम हुने र छिटो छरितो काम हुनेगरी भाँचिएको हुलाकी राजमार्गको कमला नदीको पुल छिटो अगाडि बढाइने बताउनु भयो । उहाँले स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वतिरको भाँचिएको र भासिएको संरचना बनिरहेको बताउनु भयो। उहाँले पुल निर्माण छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राखी पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ सरकार लाग्ने प्रतिवद्धता जनाउनु भयो । 


उहाँले भन्नुभयो,‘हुलाकी राजमार्गको कमला पुलको जुन पूर्वी पिलर भाँचिएको छ स्पानहरु पनि भाँचिएको छ भने बीचमा पनि केही भागहरु भासिएको छ । भाँचिएको पुलको आज अवलोकन गरेका छौं । स्थलगत अनुगमन गरी निरीक्षण गर्दा पूर्वपट्टीको भाँचिएको र भासिको फाउण्डेशन बनिसकेको छ । छिटोभन्दा छिटो पिलर उठाउने र तत्काल सिलाप राख्ने र पुलको मर्मत गर्नुपर्ने भागलाई पनि मर्मत गरेर छिटो यातायात सुचारु गर्नेतर्फ हामी लाग्छौं । एक वर्षभित्र सुचारु होला भन्ने इन्जिनियर साथीहरुको अनुमान रहेको छ । यो विषयमा अब मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर कमला पुलको स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा छौं । गुणस्तर पनि कायम हुने छिटो छरितो काम हुने गरी भाँचिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल छिटो अगाडि बढाउने निस्कर्षमा पुगेका छौं ।’

स्थलगत अनुगमनमा सोे क्षेत्रका स्थानीय बासीहरुले सरकारले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणमा गरी तत्काल बाटो खोल्न माग गर्नुभयो । उहाँहरुले ठेक्का पाएको कम्पनीले समयमा नै काम नगरेकाले पुल निर्माणमा ढिलाई लाईको भन्दै मन्त्रीलाई गुनासो समेत गर्नुभयो । स्थानीयवासीहरुले मन्त्री ज्वालाकै अगाडि निर्माण कम्पनीसँग चर्काचर्की भएको थियो । तर मन्त्रीले भाँचिएको पुलको स्थायी समाधान झगडाले नहुने भन्दै शान्त हुन आग्रह गर्नुभएको थियो ।

२०७८  असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम भासिएको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल २४ करोड ९१ लाखमा पुल निर्माण गर्ने पप्पु कन्सट्रक्शनल ठेक्का लिएको थियो । तर पछि यो निर्माण कम्पनी समयमा काम नगर्दा २०७६ असोज १ गते सम्झौता रद्द गरी ०६८ जेठ ३१ गते लुम्बिनी विल्डर्स कन्सट्रक्शनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा अघिल्लो वर्षको सामान्य वर्षामै पुल भासिएको थियो । पाया (पायर) भासिएसँगै दुईवटा स्ल्याब ७८.२० (एउटा स्ल्याब ३९.१०) मिटरको तल  झयो । गत वर्षको साउन पहिलो साता उद्घाटनको तयारी गरिरहँदा सामान्य बाढीले पाया भासिएर स्ल्याब नै भुइँमा खसेपछि दुई जिल्लाको सहज यातायातको सम्भावनालाई तत्काल ठप्प पारिदिएको छ । 


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन