काठमाडौं I दिगो भविष्य निर्माणको लक्ष्यका साथ ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट हालै चीनको वुहुमा भव्य रूपमा सम्पन्न भयो। यस समिट अन्तर्गत ‘लार्ज-स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौं महासचिव बान कि-मुनले सहभागिता जनाउँदै विश्वव्यापी हरित ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको योगदानको प्रशंसा गरेका थिए।
बान कि-मुनले हरित रूपान्तरण र कम-कार्बन भविष्यका लागि सहकार्यको महत्त्वलाई जोड दिंदै, वातावरणीय र सामाजिक प्रगतिको लागि ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वमा बल दिए। सम्मेलनमा ओमोडा एन्ड जेइको र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच “चेरिस नेचर” परियोजनाको औपचारिक आरम्भ पनि भयो।
बान कि-मुनको सम्बोधनपछि ओमोडा एन्ड जेइकोले विश्वव्यापी इएसजि (इन्भायरमेन्टल, सोसियल, गभर्नेन्स) अलाएन्स स्थापना गर्ने घोषणा गरेको छ। यसले नवप्रवर्तन, हरितता, र साझेदारीमा केन्द्रित ग्लोबल इको-कम्युनिटी निर्माणको लक्ष्य लिएको छ।
नेपालका ओमोडा एन्ड जेइकोका ग्राहक राजन सापकोटा र मिलन चाम्लिङले पनि समिटमा सहभागिता जनाए। ओमोडा एन्ड जेइकोले प्राविधिक नवप्रवर्तन र दिगो विकासमार्फत आफ्नो रणनीति ‘उत्पादन-उन्मुख’ बाट ‘प्रविधि-उन्मुख’ तर्फ सफलतापूर्वक परिमार्जन गरेको बताएको छ।
नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड हो। थप जानकारीका लागि www.omoda-nepal.com मा भिजिट गर्न सकिन्छ।