काठमाडौं I एसपिजी अटोमोबाइल्सको आधिकारिक विक्रेता ओमोडा एण्ड जेईकोले पहिलो वार्षिकोत्सव मनाएको छ ।काठमाडौँको गैरीधारास्थित सिल्भर ओक व्याङक्वेटमा आयोजित एक कार्यक्रमका विच ओमोडा एण्ड जेईकोले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दिप कुमार शारडा, शारडा गुप्रका अध्यक्ष शिवरत्न शारडा, एसपिजी अटोमोवाईल्स समुहका प्रमुख धिरेन तामाङ, एसपिजी अटोमोबाइल्सका विक्रि तथा वजार व्यवस्थापन महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द लगायत विभीन्न संघसंस्थामा आबद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दे एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेईको नयाँ प्रविधिमा आधारित ईलेक्ट्रिक्ल भेईकल भएको भन्दै वातावरणिय उतरदायित्वलाई मध्यनजर गर्दे विश्वमा शुरु भएको संस्थाले नेपालमा पनि व्यापारिक लगायत सबै दृष्टिकोणले सुखद एक वर्ष पार गरेकोले आगामी दिनमा पनि सोहीअनुरुप अझै रफ्तारमा बढोस भन्दै उतरोतर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
एसपिजी अटोमोबाइल्सका विक्रि तथा वजार व्यवस्थापन महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दलेओमोडा एण्ड जेईकोको ईतिहासबारे जानकारी गराउँदै यसका अहिलेसम्म लञ्च भएका मोडलहरु साथै नेपालमा एक वर्षभरिमा जेईकोले गरेका प्रमुख ईभेन्टहरुको बारेमा जानकारी गराउनुका साथै समिक्षासमेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले नेपालको ईतिहासममै पहिलोपटक खेलाडीलाई प्रोत्साहनस्वरुप गाडी उपलबध गराउने संस्था अेमोडा एण्ड जेईको रहेकोले संस्थाले निकै महत्वपूर्ण कामहरु गरेको बताउनुभयो ।
संस्थाले गाडी बेच्ने काम मात्र गरेको नभई फास्टेस्ट ग्रोईङ चार्जिङ स्टेशन निर्माण गर्ने काममा पनि जेईको अगाडि रहेको अहिलेसम्म ३० वटा स्टेशनबाट सेवा दिईरहेको र यसलाई छिट्टै १०० वटा बनाउन पनि जेईको प्रतिवद्ध रहेको उहाँको भनाई थियो । जेईकोले अब चाँडैनै २ प्रकारका मोडलको गाडी जेको-५ र जेको-२३ लञ्च गर्ने तयारी गरेको र यी दुवै मोडलहरुको फिचर विशेष रहेकोले सिमीत अवधिको लागि विशेष छुटमा खरिद गर्न सकिने बताउनुभयो ।
यस्तै कार्यक्रममा शारडा गुप्रका अध्यक्ष शिवरत्न शारडाले सबैको साथ र सहयोगले नै आज ओमोडा एण्ड जेईकोले अटोमोबाईल्सको क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको भन्दै ओमोडा एण्ड जेईकोलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । गत १५ मंसिरमा आयोजित नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एण्ड जेईकोको शारडा गुप्रले गाडी पुरस्कार प्रदान गरेको थियो ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो । थप जानकारीका लागि https://www.omodajaecoonepal.com मा जानुहोला ।
