काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ ।
सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे ।
अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा ओमानले १ रनमात्र ल्याएपछि खेल सुपर ओभरमा पुगेकाे हाे ।