काठमाडौं lआगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जना वृद्धको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गएराति घरमै आगो ताप्दै गर्दा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।
अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आउनुभएको थियो । भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि धुर्कोट बस्तुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरीले बताएको छ ।