fbpx

१ लाख ४२ हजार २२३ होटल तथा रेष्टुरेण्टमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख लगानी

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेका छन् । बुधवार राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो । आर्थिक वर्ष २०७९÷०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको जानकारी दिएको छ । उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ । सार्वजनिक तथ्यांकअनुसार देशभरका १ लाख ४२ हजार २२३ वटा होटल तथा रेष्टुरेण्टमा काम गर्नेहरुको संख्या एक लाख ६ हजार ४५९ रहेको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव ज्याला र सुविधामा करिव २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ । सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुको करिव २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिव ३ खर्ब २६ अर्ब १ करोड ४ लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । होटल तथा रेष्टुरेण्टले नेपालको अर्थतन्त्रमा करिव १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गरेको छ । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टको करिव ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांकले देखाएको छ । पत्रकार सम्मेलनमा तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा ग्रेको बताउनु भयो । गणकहरुलाई दिने सेवा सुविधाहरुमा कमी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘तथ्यांक संकलनमा जानेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरु पूरा गर्दछौँ । नियतले जाने बुझेसम्म गलत गर्दैनौँ । तैपनि गणकहरुलाई दिने सेवा सुविधाहरु साह्रो कमजोर छ । सिमित पारिश्रमीकमा गणकहरुलाई खटाएका छौँ । फिल्डमा गएर काम गर्न धेरै नै गाह्रो छ ।’


होटल तथा रेष्टुरेण्टमध्ये करिव २८.४% ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६% प्रतिष्ठानहरुको ऋण नभएको÷नलिएको देखिएको उहाँले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन