fbpx

क्यानडासँग राम्रो क्रिकेट खेल्छौं– नेपालका कप्तान रोहितकुमार पौडेल

author

समाचारपाटी

१ year अगाडि

नेपालले क्यानडासँग बिहीवारदेखि शुरु हुने एकदिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप खेल्न लागेको श्रृंखलामा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेको छ । नेपालले क्यानडासँग तीन खेलको श्रृंखला खेल्दैछ । सो श्रृंखलाको पहिलो खेल बिहीवारदेखि शुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अधिकांशले प्रधानमन्त्री कप खेलेकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले पनि योजनाअनुरूप काम गरेको बताउनु भयो । उनले प्रधानमन्त्री सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट पनि रहेकाले राम्रो क्रिकेट खेल्ने बताउनु भयो ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार खेल्नेछ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिष्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको बताउनु भयो । केही नयाँ खेलाडी पनि रहे पनि उनीहरू दुई दिनभित्र ह्याप्पी ड्रेसिङ रुममा राम्रोसँग श्रृंखलाका लागि तयार रहेको बताउनु भयो । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को शुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपालल आएको हो ।
यद्यपि, क्यानडामा अधिकांश नयाँ टोली छन् । क्यानडाका कप्तान साद बिन जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राख्नुभयो । केही अनुभवी खेलाडी चोटका कारण टोलीसँग बाहिर रहेको उल्लेख गर्दै अहिले टोलीमा ६ नयाँ खेलाडी समावेश भएको बताउनु भयो । अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको उहाँको भनाइ छ । क्यानडाका प्रशिक्षक दसानायकेले एक दशक अगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा राख्नुभयो ।
अहिले राम्रो टोली रहेकोले नै आइसिसी विश्वकप लिग–२ को सर्कलमा परेको धारणा राख्दै युएई जानुअघि आफ्नो टोलीलले राम्रो तयारी गर्ने बताउनु भयो । उनले नेपालसँग क्यानडाले धेरैभन्दा धेरै क्रिकेट खेल्ने राम्रो सम्बन्ध स्थापना गर्ने पनि धारणा राख्नुभयो । पुबुदुले पछिल्ला समय नेपाली क्रिकेटले धेरै प्रगति गरिरहेको र ती सबै खेल आफूले हेरेको पनि उल्लेख गर्नुभयो । नेपालसँग आफ्नो छटुटै सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा जुनसुकै जिम्मेवारीमा रहेर फर्किंदा खुसी लाग्ने धारणा राख्नु भयो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितले क्यानडासँग खेलका लागि केही नयाँ खेलाडीका लागि अवसर हुने धारणा रख्नुभयो । क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन् । यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि कप्तान देव र आकाश चन्दले टोलीमा अवसर पाएका हुन् । पवन सर्राफ, सूर्य तामाङ, अनिल साहले प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि क्यानडासँगको श्रृंखलामा अवसर पाएका हुन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन