इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताउनुभएको हो । इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कनानीले इरान र विश्व शक्तिहरूबीचको सन् २०१५ को आणविक सम्झौतालाई औपचारिक रूपमा संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने, परिमार्जन गर्न पश्चिमबाट आएको आह्वानको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो ।
सिन्ह्वा