fbpx

एनपीएलको उद्घाटन खेलको टिकट तीन दनिअघि नै सोल्ट आउट

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ड आउट भएको छ। मंसिर १५ गते टियू क्रिकेट मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने उद्घाटन खेलको टिकट उच्च मागका कारण छिट्टै सकिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार टियू मैदानको कुल क्षमता १२,००० रहेको छ। यसमध्ये १,२०० भिआईपी टिकटमध्ये ८०० बिक्री भइसकेका छन् भने सामान्यतर्फ लगभग सबै टिकट बिक्री भइसकेका छन्।

यसपटक क्यानले दर्शक सुविधालाई ध्यानमा राख्दै फ्यान जोन छुट्याएर टिकट बिक्री गरेको थियो। मंसिर १० गते बेलुकी ८ बजेबाट सुरू भएको टिकट बिक्री तीन दिनमै सोल्ड आउट भएको हो।

टियू मैदानमा मुख्य प्रायोजकका लागि छुट्टै सिद्धार्थ बैंक जोन पनि व्यवस्था गरिएको छ।

मंसिर १५ गतेदेखि सुरू हुने एनपीएलमा ८ टिम सहभागी छन्। क्रिकेटप्रेमीहरूको अत्यधिक उत्साहले यसपटकको लिगलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।


काठमाडौं

शनिबार, माघ ५, २०८१

१०.०७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन