fbpx

एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार

author

समाचारपाटी

२ महिना अगाडि


शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । काठमाडौंले संघर्षपूर्ण शुरूवात ग¥यो । ४१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । शंकर राना ६ रनमा, स्टफेन इस्कीनाजी ३ रनमा, माइकल लेभिट २२ रनमा र भीम सार्की ९ रनमा आउट भए । यसपछि जेराड इरामस र सुमित महर्जनले पाँचौं विकेटको लागि ५७ रनको साझेदारी गर्दै इनिङस सम्हाले। जेराड ३८ रनमा आउट भए । यसपछि सुमित महर्जन र कप्तान करण केसीले टिमलाई जिततर्फ अगाडि बढाउँदै थिए । १९ औं ओभरमा सोमपाल कामीको बलमा करण केसीले एक छक्का र चौका प्रहार गर्दै टिमलाई जित नजिक पु¥याए । छैटौं बलमा भने सोमपालको बलमा भुवन कार्कीद्वारा करण क्याच आउट भए । करण १० बलमा दुई चौका र दुई छक्कासहित २० रनमा आउट भए । अन्तिम ओभरमा ७ रन चाहिएको थियो । यो ओभरमा एक विकेट गएपनि काठमाडौंले ३ बल अगाडि लक्ष्य पूरा ग¥यो । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो । ओपनर देव खनाल रनको खाता नखोली आउट भए । लगत्तै चाडविक वाल्टन २१ रन बनाएर पबिलियन फर्कदा कर्णालीले २६ रन बनाउँदा दुई विकेट गुमाइसकेकको थियो । बाबर हयात १३ र गुल्सन झा पनि १२ रनमा आउट भए । तर शिखर धवन क्रिजमा टिके र इनिङ्स सम्हाले । उनले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । ५१ बलको सामना गर्दै ४ चेका र ५ छक्कासहित अविजित ७२ रनको उत्कृष्ट पारी खेल्दा कर्णालीले १४९ रन बनायो । बलिङमा जेराड इरासमसले २ तथा करण केसी, नेथान सोटर र  दीपेश कँडेलले समान १÷१ विकेट लिए । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन