fbpx

एनपीएलमा जनकपुरविरुद्ध अभद्र नारा, कारबाहीको माग

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं I मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ।

आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा उद्दण्ड समूहले अभद्र नारा र अपमानजनक व्यवहार गरेको भन्दै दोषीहरूमाथि तुरुन्त कानूनी कारबाहीको माग गरेको हो। आयोगले यस्ता घटनाले समाजमा विखण्डनको स्थिति सिर्जना गर्ने चेतावनी दिँदै सरकारले संवेदनशीलता देखाउन अपिल गरेको छ।

यसैबीच, सुदूरपश्चिम रोयल्सविरुद्धको खेलपछि पनि मधेशी समुदायका समर्थकहरूमाथि रंगभेदी व्यवहार भएको घटनाले जनमत पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टीले यस्ता आपत्तिजनक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न गृह प्रशासनसँग माग गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेहरूलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले यस्ता कार्य कुनै पनि बहानामा सह्य नहुने भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने धारणा व्यक्त गर्नुभएको छ।

मधेशी आयोग, जनमत पार्टी, र विभिन्न राजनीतिक व्यक्तित्वहरूको आक्रामक प्रतिक्रियापछि सरकारले यस विषयमा तुरुन्त कदम चाल्ने अपेक्षा गरिएको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन