काठमाडौं I नेपालको चर्चित क्रिकेट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपिएल) २०८१, निकट भविष्यमा आयोजना हुँदैछ। यस वर्ष प्रतियोगितामा ८ टिम सहभागी हुने तय भएको छ। क्रिकेटप्रेमी दर्शकहरूले आफ्नो मनपर्ने खेलाडी र टिमलाई समर्थन गर्न उत्साहित छन्।
एनपिएल २०८१ को उद्घाटन खेल मंसिरको १५ गते हुनेछ। टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ । आयोजकले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गर्ने योजना बनाएका छन्।
टिमहरूको तयारी तीव्र छ। एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिमले आफ्नो रणनीति र खेलाडी छनोटमा विशेष ध्यान दिइरहेका छन्। यस वर्ष धेरै चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि सहभागिता जनाउने छन्।
एनपिएलको चर्चाले सामाजिक सञ्जालदेखि चिया पसलसम्म तरंग ल्याएको छ। टिकट बिक्री सुरु भएसँगै दर्शकहरूको ठूलो भीड मैदानमा देखिने अनुमान छ। युवा पुस्तादेखि परिवारसम्म, सबैका लागि एनपिएल उत्सवझैँ बनेको छ।
यो सिजनमा कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ। यो सिजन एनपिएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। अब प्रश्न उठ्छ—कसको हातमा पर्ला २०८१ को उपाधि?
एनपिएलक्रिकेटको माहौल तात्दैनेपालको चर्चित क्रिकेट प्रतियोगिता