उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो । अर्का युवकलाई टाउकोमा गोली लागेको बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३ वर्षीय मुहम्मद रबी जमाल हमरसेह र २० वर्षीय अहमद महमूद जाइदको रूपमा पहिचान गरेको छ ।
सिन्ह्वा