वासिङ्टन । अमेरिकी भन्सार र सीमा गस्ती (यूएससीबीपी)ले दास श्रमिक प्रयोगको आरोपमा डिसेम्बर ५ तारिखदेखि उत्तर कोरियाका तीन ठूला कम्पनीहरूबाट हुने आयात बन्द गरेको छ।
यूएससीबीपीका अनुसार ती तीन कम्पनीहरू जिङ्दे ट्रेडिङ लिमिटेड, रिक्सिन फूड्स लिमिटेड र झेजियाङ सनराइज गार्मेन्ट ग्रुप कम्पनी लिमिटेड हुन्।
जिङ्देले अटो पार्ट्स आपूर्ति गर्छ, रिक्सिनले सूर्यमुखीबाट नटसम्मका बस्तुहरू ल्याउँछ भने झेजियाङले कपडा उत्पादन गर्छ। युएससीबीपी र वाल स्ट्रिट जर्नलका अनुसार यी कम्पनीहरूले आफ्ना निर्माणमा दास श्रमिकको प्रयोग गरिरहेका आरोपमा उनीहरूलाई कारबाही गरिएको हो।
अमेरिकी भन्सारका अनुसार यी कम्पनीहरूले प्रतिबन्ध ऐनको उल्लंघन गर्दै आपूर्ति शृंखलामा उत्तर कोरियाली श्रम प्रयोग गरिरहेको छ। उत्तर कोरिया र चीन दुवैको मुद्दाको रूपमा रहेको दास श्रमिकको प्रयोग गरी सामानहरू उत्पादन नगरिएको भनि प्रमाणित नभएसम्म आयात रोकिने जनाइएको छ।
एजेन्सी