fbpx

उत्तरी गोरखा चुमनुव्रीमा आगलागीबाट तीन घर जलेर पूर्णरुपमा नष्ट

author

समाचारपाटी

२ महिना अगाडि

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयाे । ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन्,’ उहाँले भन्नुभयाे, ‘घरको भुइँ तलामा रहेका ११ वटा पशुचौपाया पनि मरेका छन् ।’

आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको उहाँले जानकारी दिनुभयाे । घटनाको जानकारी पाएलगतै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयाे ।

समयमै हिमपात नभएको र हावाहुरीका कारण आगलागी भएको स्थानीय गोपाल गुरुङले बताउनुभयाे । हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्बाको जस्ता समेत उडाएको उहाँले जानकारी दिनुभयाे । सोही स्थानमा रहेको माने दुङ्गुर समेत उडाएको उहाँले बताउनुभयाे । ‘हावाहुरीका कारण उडेको धुलोले स्थानीयहरु बिरामी परेका छन्,’ उहाँले भन्नुभयाे, ‘धेरैजसोलाई रुघाखोकी लागेको छ ।’

onlinekhabar


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...