fbpx

एनआरएनए स्वास्थ्य समितिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

author

समाचारपाटी

२ years अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार विहीवार साँझ बसेको स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानवस्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रसंशा गर्नुभयाे ।

उहाँले कोरोना महामारीको बेला स्वास्थ्य समितिले खेलेको महत्वपूर्ण भूमिकाले मानिसहरुको जीवन रक्षा भएको बताउनुभयाे । उहाँले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नु पर्ने बताउनु भयो ।

नेपालमा सा–सानो स्वास्थ्य परामर्शसमेत नहुदाँ स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले भन्नुभयाे, ‘क्यान्सरबिरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु ।’

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले विगत ७ वर्षदेखि स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा काम गर्दै आएको बताउनु भयो । उहाँले संघको आयोजनामा भएका सम्मेलनहरु निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर काम गर्ने बताउनु भयो ।

डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रुपमा आएको बताउनु भयो । उहाँले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने उहाँको भनाइ थियो ।

बैठकमा डा. सागर पौडेलले मोरङ र सुनसरीका बिभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरुको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिनु भयो ।

बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णय समेत गरेको छ । बैठकमा डा. विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा प्रकाश पार्नु भयो । बैठकमा नेपालमा दाँत र आँखा जाँचको सम्भावनाको बारेमा छलफल भएको थियो ।

बैठकमा अनिसा भण्डारीले ‘शुन्य हेल्थ’ अन्तर्गत अनुरुप छोटो समयमा समस्याको पहिचान गर्ने प्रविधि नेपालमा आइसकेको जानकारी दिनुभयाे । उहाँले नयाँ प्रविधिबाट एकै छिनमा टेष्टको नजिता निकाल्न सकिने बताउनुभयाे । शुन्य हेल्थका प्रमुख पवन खड्काले नयाँ प्रविधि सस्तो र सुलभ भएको बताउनुभयाे । उहाँले ती प्रविधिहरु गाउँगाउँको स्वास्थ्य चौकीमा समेत प्रयोगमा ल्याउन सकिने बताउनु भयो ।

बैठकमा सुमन्त बन्जाडे, डा. अरुण शाही, डा. सागर पौडेल, विश्वनाथ रिजाल, डा. अलोक भण्डारी, प्रभात अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. अनुज कंडेल, डा. युवराज रोका, डा. देवी बस्नेत, राधा पोखरेल, खगेन्द्र चपाई (कोस्टारिका) लगायतको सहभागिता थियो ।

बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रीय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय गरेको छ ।

विश्वभर ५ हजार नेपाली चिकित्सक र १५ हजार नर्स विदेशमा रहेका छन् उनीहरुलाई क्षेत्रीय रुपमा भेला गरेर नेपालीहरुको स्वास्थ्य समस्याका बारेमा मन्थन गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाको अध्यक्षतामा बसेको बैठकको संचालन एलिजा केसी र डा सागर पौडेलले गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.०३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक