fbpx

‘नसर्ने रोगको पहिचानका लागि सांसदहरुको स्वास्थ्य परीक्षण, गाउँ—गाउँमा पुर्याउन सुझाव’

author

समाचारपाटी

१ हप्ता अगाडि

सरकारले नसर्ने रोगहरुको पहिचानका लागि संघीय सांसदहरुको स्वास्थ्य परीक्षण शुरु गरेको छ । नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियानअन्तर्गत मंगलवार संघीय संसद परिसरमा सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गरेको हो । समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान शुरु गरेको छ । सरकारले फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान शुरु गरेको थियो । अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ । अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरुबाट पीडित रहेको बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरुमा हुने गरेको भएपनि पछिल्लो समय नसर्ने रोगहरुका लागि लगानी गर्नुपरेको बताउनु भयो । नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उहाँको भनाइ छ । उहाँकाअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अंगलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ । 
‘अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरु मिर्गौला, मधुमेह, मुटुका रोग, क्यान्सर लगायतका रोगहरुले प्रताडित हुनुभएको छ । हाम्रो स्वास्थ्य उपचारमा अधिकांश राज्यको लगानी विगतमा सरुवा रोगहरुमा हुने गर्दथ्यो, अहिले नसर्ने रोगहरुमा लगानी गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो,‘ नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुन्छन् र लामो समयसम्म यसले असर गर्दछ । शरीरका विभिन्न अंगमा फेलियर गराउने अंगहरुलाई काम गर्न नसक्ने बनाउनसक्छन् । जटिलताका सम्भावना बढी हुन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रुपमा नसर्ने रोगहरुको पहिचान गर्न प्रारम्भिक परीक्षणको शुरुवात गरेको हो । यसमा तौल नाप्ने, उचाईअनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसावमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ । 
संघीय संसदका सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरुलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरुको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताउनु भयो । संसदमा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘परीक्षण अभियानका क्रममा नसर्ने रोगहरुसम्बन्धी विभिन्न जानकारीमुलक सामग्री राखिएको छ । जसले मान्यज्युमार्फत आम नागरिकले जानकारी लिन सक्नुहुनेछ ।’


संसद भवन परिसरमा यस अभियानबारे बोल्दै सांसद ईश्वरी घर्तीमगरले नसर्ने रोगहरुको पहिचान गर्न नागरिकस्तरमा पुग्ने गरी सरकारले सञ्चालन गरेको यस अभियानको प्रशंसा गर्नुभयो । उहाँले निःशुल्क परीक्षण गर्ने भएकाले सबैले परीक्षण गर्न र समयमै रोगको पहिचान गरेर उपचार गर्ने बाटो समात्न आग्रह गर्नुभयो । यस्तो सुविधा सबै गाउँ बस्तीमा पुग्नुपर्ने सांसद घर्तीमगरको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘नसर्ने रोगहरु सम्बन्धी पहिचान गर्नको लागि, यसको उपचार गर्न, जनताको स्तरसम्म पुर्याउनुपर्छ । यसको पहिचान नै नहुँदा भोलि कठिन हुनसक्छ भनेर संसद र संसदीय समितिमा हामीले धेरै कुरा उठायाैँ । सरकारले गाउँव्यापी अभियान चलाइरहेको छ । नसर्ने रोगहरुको पहिचान गर्न परीक्षण गराएका छौँ । यसलाई हामी सरकारले सबै गाउँ बस्तीहरुमा यस्तो सुविधा लैजानुपर्छ । यसको उपभेग गरेर समयमै रोगको पहिचान गरे समयमै उपचार हुन्छ । सरकारले चलाएको यो एक महिने अभियानमा समय निकालेर परीक्षण गराउनु होला ।’


यस्तै, सांसद रञ्जु झाले नसर्ने रोगहरु पहिचान गर्न सञ्चालन गरिएको अभियान राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले वर्षको दुई पटक यो अभियान चलाउन आग्रह गर्नुभयो । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यको ध्यान राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘वर्षको दुई पटक राख्नुपर्छ । सबैले स्वास्थ्य परीक्षण गराउनु पर्छ । स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ 


सांसद देवप्रसाद तिमलसेनाले स्वास्थ्य मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै विपन्न बस्ती र गाउँमँ पुगेर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले जुन काम गरेको छ, यो अत्यन्त राम्रो र सह्रानीय छ । यसलाई विपन्न बस्तीहरु, गाउँगाउँमा लैजान जरुरी छ ।  देशभर नै यो कार्यक्रम लैजाँदा राम्रो  हुन्छ ।’ 


सांसद दिलेन्द्रप्रसाद बडूले गाउँका स्वास्थ्यचौकीहरुमार्फत यसरी परीक्षण शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैको परीक्षण होस्, कोही नछुटोस् ।’


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरुको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताउनु भयो । उहाँले यसको सूचना व्यापक रुपमा फैल्याउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो । सात वटै प्रदेशका संसदमा यो अभियान सञ्चल न गर्ने पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो यो वर्ष मात्रै तोकिएको होइन, अब हरेक वर्ष फागुन महिला नसर्ने रोगहरुको परीक्षणको महिना हुनेछ । यसको सूचना व्यापक रुपमा पुर्याउन सकिएको छैन तर अर्को वर्ष हामीले व्यवस्था गरेका छौँ । स्वास्थ्य केन्द्रमा स्क्रिनिङ हुने व्यवस्था गरेका छौँ । यसलाई अझ बढी प्रचार गर्न, यसको विश्वसनियता थप गर्न संसदमा गरेका हौँ । सातै प्रदेशका संसदमा हुँदैछ ।’


स्वास्थ्यमन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने बताउनु भयो । व्यापक रुपमा हुन नसक्नुमा सूचना प्रवाह व्यापक रुपमा हुन नसकेको बताउनु भयो । सूचना प्रवाह भएको खण्डमा भने सबै नागरिकले परीक्षणमा सहभागी बन्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन