fbpx

लिटल थिएटर ग्यारेजमा बालबालिका आफैले तयार पारे नाट्य प्रस्तुति

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । बालबालिकाहरुले विभिन्न नाट्य प्रस्तुति मञ्चन गर्दै नवौं लिटल थिएटर गराजः बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले बार्षिक रुपमा आयोजनामा दुई साता लामो सञ्चालन भएको कार्यशालाको अन्तिम दिन अभिभावक र रङ्गप्रेमीहरुमाझ विशेष कार्यक्रम गर्दै समापन गरिएको हो ।

समापन विशेष कार्यक्रममा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिलाई मञ्चन गरेका थिए । जसमा पपेटमार्फत कथा–कथन देखि उनीहरु आफैले तयार पारेको नाटक ‘सिन्डेरेला’ मञ्चन गरेका थिए । साथै मञ्चमै तत्कालै दिइएको विषयमा बालबालिकाहरुले युगल अभिनय गरेका थिए ।

बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले अभिभावकमाझ बताउनुभयाे । उहाँले भन्नुभयाे, “दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरुले धेरै कुरा लिएर घर आउँदैछन् । आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनुस् ।”

त्यस्तै कार्यशाला संयोजक इलिना नकर्मीले हरेक वर्ष बालबालिकाको उत्साहमय सहभागिता, र्काशालाले उनीहरुको मुहारमा खुशी भर्न सकेकोमा आफू पनि खुशी भएको बताउनुभयाे । त्यस्तै नेपाल जापान बाल पुस्तकालयका सपना शर्मा तथा राराहिल स्कूलका प्रधानाध्यापक जगतबहादुर महर्जनले बालबालिकाको यस्तो कार्यशाला बिलकुलै नयाँ सोँच रहेको बताउँदै कलामार्फत जीवनलाई सुन्दर बनाउन कार्यशालाको भूमिका रहेको उल्लेख गर्नुभयो ।

कलामार्फत उनीहरुको व्यक्तिगत र व्यक्तित्व विकासमा सघाउने उद्धेश्यका साथ ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि लिटल थिएटर गराज हुँदै आएको हो । गराजमा विशेषतः नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एण्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोच लगायतका विषयमा कार्यशालामा गतिविधिहरु भएका थिए ।

त्यस्तै कार्यशाला अन्तर्गत नै बालबालिकाहरुले पैदल यात्रा, वातावरण अध्ययन, सम्पदा भ्रमण तथा राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण पनि गर्नुभएकाे थियाे । थिएटर गतिविधिहरु बढिरहेपनि बालबालिकाको लागि थिएटरका गतिविधि नभइरहेको अवस्थामा २०७१ मा सुरु भएको यस कार्यशाला हरेक वर्ष चैत २० पछि हुने गरेको छ । कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्य तथा राराहिल मेमोरियल स्कूल कीर्तिपुर र नेपाल–जापान बाल पुस्तकालयको साथमा हुँदै आएको छ ।

लिटल थिएटर गराजको दशैँ संस्करण वि.सं. २०८० को चैत २२ मा हुने आयोजकले जनाएको छ । आयोजक थिएटर सेन्टर फर चिल्ड्रेन नेपालमा बाल रङ्गमञ्च र रङ्गमञ्चमा बालबालिकाको सहभागिताका लागि प्रतिवद्ध अग्रणी संस्था हो ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...