काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिनुभएकाे छ । आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदिनुभएकाे हाे ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस जारी छ ।न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराउनुभएकाे थियाे । तर उहाँहरुले दुई घण्टाभन्दा बढी समय माग गर्नुभएकाे छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा हुनुभएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुभएकाे थियाे ।
तर आइतबार थुनछेक बहस नसकिएपछि उहाँलाई न्यायिक हिरासतमा लगिएको थियो । आज बिहान अदालत खुलेपछि उहाँलाई प्रहरीले इजलासमा उपस्थित गराएको हो ।
onlinekhabar