नाइजरमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

अबुजा । नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ। अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ।

नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो घटनाको पुष्टि गरेका हुन्।

उनले दिएको जनाकारी अनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सबार थिए। त्यसैगरी सात जना अन्य घाइते रहेको जसमा दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ।

स्थानीय समाचारअनुसार हेलिकोप्टर चुकुबामा दुर्घटना हुनुअघि डाकुहरूले मारिएका सुरक्षाकर्मीको शव निकाल्दै थियो। स्रोतहरूले जनाएअनुसार सशस्त्र व्यक्तिहरूले अत्याधुनिक हतियार बोकेका थिए जसबाट हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्छ। 

उक्त हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुबैबाट नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो। प्रिमियम टाइम्सका अनुसार स्थानीय आउटलेटडोगो गिडे, डाकुहरूको समूहको कुख्यात नेता जसले नाइजर र चाडको देशहरूको सिमानामा उत्तरपश्चिमी नाइजेरियाका केही भागहरूमा आतंक माच्चाएका छन्। आक्रमणको जिम्मेवारी पनि सोही समूहले लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।  


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन