विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताउनु भयो । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्धुकहरूलाई उद्धार गरिएको बताउनु भयो । वर्षको शुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेशन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गर्नुभयो । सेनाले यस अवधिमा संदिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेको छ । प्रवक्ताकाअनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको शतर्कता अपनाएको छ । देशलाई थप आतंकवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएको छ ।
सिन्ह्वा