गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्धारा नवनिर्मित आमाघर पाठशालाको भवन उद्घाटन

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यिय नयाँभवन शुक्रबार उद्घाटन गर्नुभएको छ ।

उहाँले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय बनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशंसा गर्नु भएको थियो ।

साथै सो अवसरमा उहाँले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेशन तथा वाल सेवा फाउन्डेशन र नेपालमा स्थापना गरिएको नेपाली गाउँका साथीहरु र नेपाल बिकास एकेडेमीका पदाधिकारीलाई सम्मान पत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनको अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल वडा भित्र रहेका सबै शैक्षिक, धार्मिक, सामाजिक भवनहरुको संरक्षण तथा विकासमा अभिभावकीय भुमिका खेल्ने बताउनु भयो ।

नेदरल्याण्डको गैरनाफामुलक गैरसरकारी संस्था बालसेवाका मार्लिन फिसर र रोबर्ट भ्यानले पनि सहयोग लाई निरन्तरता दिने वताउँदै नेपाली गाउँका साथीहरु संस्था, शिक्षक, कर्मचारीलाई धन्यवाद दिएका थिए ।

संस्थाका अध्यक्ष डा. नारायण शर्माले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै प्राबिधिक शिक्षाका साथै इन्जिनियरिङ कलेज बनाउने संस्थाको उद्देश्य रहेको बताउनु भयो ।

नेपाली गाउँका साथीहरू संस्थाका पुर्व अध्यक्ष गोविन्द उपाध्याय, सचिव मोतीप्रसाद पौडेल, अभिभावकहरु झलक बराल, मन्दिरा बराल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति, तिलाहार आमा समुहको स्वागत गित, नेदरल्याण्डमा रहेर संस्थालाई यहाँसम्म ल्याउन योगदान दिएका शशि पौडेलको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

सो अवसरमा संस्थामा दश बर्षदेखि निरन्तर सेवा गर्नुहुने शिक्षक, कर्मचारीहरु तथा नेडरल्याण्डका दाताहरुलाई सम्मान गरिएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान