काठमाडौं । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएनुभएकाे छ । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो ।
सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र शिशुको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ ।
नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् । शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई सिरियाको जिन्दायरिस सहरमा सोमबार आएको भूकम्पले आफ्नो भाइको घर ध्वस्त भएको बताउनुभयाे। पूरै भवन भग्नावशेषमा परिणत भएको छ ।
उहाँ आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा हु। यसैबीच उहाँले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देख्नुभयाे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, बच्चीलाई बाहिर निकाले ।
भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत अवस्थामा फेला पर्नुभएकाे थियाे । खलीलका अनुसार उहाँकी भाउजु गर्भवती हुनुहुन्थ्याे र एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो । भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माउनुभएकाे हाे । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालियो ।
बीबीसी