पोखरामा आज १२ सय व्यक्तीलाई नेवारी भोज खुवाइने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिनुभयो ।

साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २÷२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

नेवारी खानका परिकारलाई फुड कल्चरका रुपमा विकसित गर्न तथा परम्परादेखि चलि आएको खाद्य संस्कारका बारेमा युवा पुस्तालाई समेत जानकारीका लागि कार्यक्रम सहायक हुने कार्यक्रम संयोजक मोहिनी श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का संस्थापक अध्यक्ष शान्ती उदासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा १ हजार २ सय जनालाई भोज खुवाइने लक्ष्य रहेको उदासले बताउनुभयो । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवाः छेः मा आयोजना हुने छ ।

कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण बिजुक्छे, प्रचारप्रसार संयोजकमा शक्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् ।

कार्यक्रमलाई गण्डकी आयल मिलको कोशेली तेल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ग्रीन डेभलबमेन्ट बैंक, टिशा सिल्भर सप, मेनुका इम्पोरियमले प्रायोजन गरेको छ । यसैगरि सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले पनि प्रायोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन