नवगायक सन्तोष खत्रीले भर्खरै ‘१५ हजार’ बोलको गित सार्वजनिक गरेका छन । ‘१५ हजार’ गीतमा लय, शब्द सन्तोष खत्रीको रहेकाे छ । गीतमा स्वर पनि सन्तोष खत्रीकै रहेको छ भने गितलाइ मिक्स मास्टरिङ बिनोद रसाइलीले गरेका छन । यस गितमा ब्याचलर , डिग्री पास , नर्सिङ जस्ता अध्ययन हुदा हुँदै पनि १५ हजार तलबमा काम गरेर बस्नुपरेको प्रसङ्गलाइ समेटिएकाे छ ।
यस गीतमा सन्तोष खत्री नेपालमा सामान्य तलब १५ हजार रहेको विषयमा कथात्मक प्रस्तुति दिएका छन। यस अघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै ,जस्ता गितहरु सार्वजनिक गरिसकेका छन ।
यसपटक भने , अहिलेको परिवेशलाई हेरेर उनले सिर्जना गरेको यो मनोरञ्जनात्मक गीतबाट दर्शकहरुको धेरै माया र साथ पाउने अपेक्षा गरेको बताएका छन। पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।