fbpx

चीनमा नयाँ प्रधानमन्त्री ली चियाङ निर्वाचित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको बीबीसीले जनाएको छ ।

चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए ।

६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्नुहुनेछ । ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनुहुनेछ । उहाँ यसअघि चीनको आर्थिक राजधानी भनिने सांघाइको प्रमुख हुनुहुन्थ्यो ।

व्यवहारवादी नेताका रूपमा परिचित चियाङ राष्ट्रपति सीका नजिकका सहयोगीका रुपमा चिनिनुहुन्छ । सी हिजो तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीका रूपमा लीको नियुक्ति भएको हो । ६९ वर्षका सी चीनमा कैयौँ पुस्तापछि सबैभन्दा प्रभावशाली नेता बन्नुभएको छ । शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पार्नुभएको हो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन