fbpx

शिक्षामा खैरहनीको नौलो अभ्यासः बस्ती—बस्तीमा गृहकार्य कक्षा सञ्चालन

author

समाचारपाटी

१ year अगाडि

चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास शुरु गरेको छ । नगरपालिकाले विपन्न  परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो । दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि उनीहरुलाई पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो । नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ ।

गृहकार्य कक्षाको लागि बस्तीे नजिक रहेको कोठा,सामुदायिक भवन, संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिनुभयो । केही स्थानमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाको लागि कापी समेत नगरपालिकाले उपलब्ध गराएको बताउनु भयो । विद्यालयमा अध्ययन गरेपछि घरमा सहजीकरण, सिकाउने व्यक्ति नहुदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताउनु भयो । 

विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामा दिइँदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात पनि पढ्ने लेख्ने बानीको विकास हुने, अभिभावकको समय अभावमा समेत बालबालिकामाथी निगरानी र संरक्षण प्राप्त हुने खैरहनी नगरपालिककी उपप्रमुख कविता उप्रेतीले बताउनु भयो । गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उहाँले बताउनु भयो । गृहकार्य कक्षाको लागि सहजकर्ताहरुमा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तिर्ण गरेकाहरु रहेका छन् । प्रत्येक दिन दुईघण्टा कक्षा सञ्चालन हुँदै आएको छ । गृहकार्य कक्षा कार्यक्रममा नगरपालिकाको १३ वटै वडाका करिव ७ सय ८४ जना विद्यार्थी लाभान्वित हुने खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । नगरपालिकाले यसअघि सामुदायिक विद्यालयहरुमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षकहरु खटाएर पठनपाठन गराउँदै आएको छ ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन