नामिबियाको पहिलो महिला राष्ट्रपतिको रूपमा नेतुम्बो नन्दी–नदैतवाहद्वारा शपथ ग्रहण

author

समाचारपाटी

१ महिना अगाडि

नेतुम्बो नन्दी–नदैतवाहले शुक्रवार नामिबियाको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नामिबियाको स्वतन्त्रताको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा नन्दी–नदैतवाहले २०२४ मा पूर्व राष्ट्रपति हेगे गिङोबको मृत्युपछि सत्ता सम्हालेका निवर्तमान राष्ट्रपति नाङ्गोलो म्बुम्बाको उत्तराधिकारीको रूपमा पदभार ग्रहण गर्नुभएको हो । १९९० मा स्वतन्त्र भएदेखि नामिबियाको पाँचौं राष्ट्रपतिको रूपमा नन्दी–नदैतवाहले २०२४ को राष्ट्रपति चुनावमा ५७ प्रतिशत मतका साथ जित हासिल गर्नुभएको थियो । नामिबिया गणतन्त्रको पाँचौं राष्ट्रपतिको रूपमा आफ्नो अगाडि रहेको कार्य भनेको देशको स्वतन्त्रताको उपलब्धिलाई सबै मोर्चामा संरक्षण गर्नु र जनताको आर्थिक र सामाजिक उन्नतिको अधूरो एजेण्डालाई सबैका लागि साझा सन्तुलित समृद्धि ल्याउन जोश र दृढताका साथ अगाडि बढाउनु रहेको बताउनु भयो । उद्घाटन समारोहमा धेरै अफ्रिकी देशका राष्ट्र प्रमुखहरूका साथै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाका नेताहरू उपस्थित थिए । ७२ वर्षीया नन्दी–नदैतवाह नामिबियाको सत्तारुढ दक्षिण पश्चिम अफ्रिका जन संगठन पार्टीकी सदस्य हुनुहुन्छ । जुन १९९० मा देशले स्वतन्त्रता प्राप्त गरेदेखि नै सत्तामा छ । उहाँ स्वतन्त्रताको संघर्षको नेतृत्व गरिरहेको बेला पार्टीमा सामेल हुनुभयो । 


नन्दी–नदैतवाह १९९० मा राष्ट्रिय सभामा प्रवेश गर्नुभयो । २००० मा महिला मामिला तथा बाल कल्याण मन्त्रालयको नेतृत्व गर्दै क्याबिनेट मन्त्री बन्नुभयो । पछि उहाँले सूचना तथा प्रसारण मन्त्री, वातावरण तथा पर्यटन मन्त्री र विदेश मामिला मन्त्रीको रूपमा काम गर्नुभयो । फेब्रुअरी २०२४ मा उहाँ नामिबियाको पहिलो महिला उपराष्ट्रपति बन्नुभएको थियो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन