fbpx

‘देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै कुरा हो’:- नेत्रविक्रम चन्द

author

समाचारपाटी

१ year अगाडि

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनु भयो । उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनु भयो । उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ एउटा नौलो खालको जमघट भएको छ । झापा विद्रोहदेखि सुरक्षाकर्मी संघसम्म, जनरलदेखि माओवादीका योद्धा, लडाकुसम्म । पिएलएका पनि यहाँ हुनुहुन्छ । हामी फुटेका पनि यहाँ जुटिसकेका छाैँ । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौँ भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्नेपनि । यहाँ झापा आन्दोलनदेखि नौलो जनवाद, समाजवाद ल्याउनका लागि जेलनेल झेल्दै आएका व्यक्तित्वहरुपनि हुनुहुन्छ । यहाँ नेपाल उभिएको जस्तो अनुभुती भएको छ । नेपाल दुई वटा छन् । एउटा नेपाल मालिकहरुको अगाडी नाग रकडेर बस्ने मान्छेहरु छन् । दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरु पनि छन् । लाचार मान्छेहरुको एउटा पंक्ती छ नेपालमा । देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै कुरा हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्धारी गर्ने कलङ्कीत पात्रहरुपनि यहाँ छन् । तर, त्यो होइन । यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरुको पंक्ती छ । हामी नेपाललाई साँच्चीकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ । नेपाली जनताबाट हेर्नुभयो भने त्यो सम्भव छ । तर, त्यसको लागि धेरै कठिनाई संघर्ष गर्नुपर्छ । हाम्रो देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनसक्छौं । देशमाथि हमला हुँदाखेरी वा हस्तक्षप हुँदा एक हुन आवश्यक छ । यो संघर्षको नयाँ मोर्चापनि हो । परिस्थितिले नयाँ मोर्चा खडा गर्छ । नेपाललाई भित्रि हृदयदेखि माया गर्ने मानिसहरुको पंक्ति यो कार्यक्रममा छ । कम्युनिष्टहरुले के भनेका छन् भने प्रगतिशील शक्तीसँग मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छ । एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन । संस्थाको कुरा मात्रै होइन । एमसीसी सैन्य मोर्चा हो । यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अँग पनि हो ।’

उहाँले नेपालमा राजनितिक अन्तरबिरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद बिरुद्ध रहेको बताउनु भयो । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनु भयो ।  


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक