समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : नेत्रविक्रम चन्द

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनु भयो । उहाँले देशको राजनीति अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको बताउनु भयो । नेपाल अग्रगमन र पश्चगमनबीचको लडाँइमा उभिएको भन्दै उहाँले प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीहरुले गर्ने बताउनु भयो । उहाँले देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनैपनि मुल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरुलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन । कुनैपनि स्थितिमा हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनैपनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधिनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडी बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडी ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ र यसरी प्रयोग भएको छैन । सरकारमा भएको पार्टी पनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा भएका, संघर्ष गरिरहेका पार्टीहरु पनि यहाँ पनि छौँ । यो एउटा संयोग हो । नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । ७ बुँदे घोषणापत्र लिएर तपाईहरुको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो । देशको नेतृत्व देशभक्त स्वाभिमानी नागरिकहरुले गर्ने हो । हामी सक्छौँ । तपाईहरुको विश्वासबाट । तपाईहरुको उत्साहबाट हामी साँच्चै नै तरंगित पनि छौँ । जिम्मेवारीबोध पनि भइरहेको छ ।’ 
महासचिव चन्दले देशमा नयाँ पुस्ताहरुलाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोशिस भएको बताउनु भयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोशिस भइरहेको भन्दै सचेत गराउनु भयो । उहाँले नेपालीहरु स्वाधिन बन्न चाहाने उल्लेख गर्दै कसैको गुलाम स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 


उहाँले भन्नुभयो – ‘म यहाँबाट अपील गर्न चाहन्छु, आउँदो भविष्य कुनैपनि मुल्यमा शासकहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा प्रतिगामीहरुको हुन सक्दैन । कुनैपनि मूल्यमा विदेशी तत्वहरुको, साम्राज्यवादीहरुको हुन सक्दैन । नेपालको भविष्य नेपाली जनताको हो । नेपाली जनताले सुनिश्चित गर्नुपर्छ । त्यो विश्वास गर्न चाहन्छु । आज नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने, नेपालको स्वाधिनता समाप्त पार्ने, युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने, लुट्ने, एक्काइसौँ शताब्दीको गुलाम बनाउने हामी नेपालीलाई । हामी स्वाधिन बन्न चाहान्छौँ । हामीले भनेका छौँ हामी कुनैपनि देशमा हामीलाई कुनै चासो छैन । तर यो देशमा हामी मान्छे भएर बाँच्न चाहन्छौँ । कसैको गुलाम हुन हामीलाई स्वीकार्य छैन । कुनैपनि देशको गुलामी बन्न हामीलाई स्वीकार्य छैन । त्यो आँट नेपालको युवा पुस्ताले एकचोटी गर्नु जरुरी छ । निराश भएर होइन । अग्रगमन सम्भव छ । हरेक उज्यालो अध्याँरोसँग लडेर मात्र सम्भव छ । हरेक सफलता जटिलताहरुसँग लडेर मात्रै सम्भव छ । हरेक सफलता असफलताहरु सँग भिडेर मात्र सम्भव छ । त्यसैले समाजवादी मोर्चा बनेको छ ।’
उहाँले आगामी दिनमा मोर्चाले देशलाई आशा जघाउने काम गर्ने बताउनु भयो । मोर्चाले शहीद तथा बेपत्ताहरुको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्ने बताउनु भयो । उहाँले मोर्चाले देशमा भएका राजनीतिक परिवर्तनहरुको रक्षा गर्ने बताउनु भयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन