fbpx

‘जातिवाद समाजको लागि घातक कुरा हो, त्यो स्वीकार्य हुँदैन, स्वीकार्नु हुँदैन’:-विप्लव

author

समाचारपाटी

१ year अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले कोशी प्रदेशको नाम  तत्काल सच्याउन माग गर्नुभएको छ ।

जनताको चित्त बुझाउने गरी किराँत, राई, लिम्बू सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उहाँको जिकिर थियो । श्रमिक समुदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्क समेत गर्नुभयो । उहाँले जनतालाई पीडा हुनेगरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप पनि लगाउनु भयो । 

महासचिव विप्लवले भन्नुभयो, ‘जातिवाद समाजको लागि घातक कुरा हो । त्यो स्वीकार्य हुँदैन । स्वीकार्नु हुँदैन । तर पहिचान भनेको छुट्टै कुरा हो । जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता त्यो चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि । पूर्वका किराँत प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बूहरुको पनि छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बू, राई सबैको केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ ? के कोशी राख्ने वित्तिकै त्यहाँ जातिय पहिचान नहुने अरु राखेपछि मात्रै हुने कुरा हो ? त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्मकमा नेपाल शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले व्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ । र, जनता आफैँले आफू समाहित भएको, समेटिएको, आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नु पर्छ । प्रजातन्त्र भनेको जनताको अनुभूति हो । जनता पीडित भएको अनुभुति गर्छन् भने त्यो प्रजातन्त्र अधिनायकवादी हुन्छ । त्यो प्रजातन्त्र जनताको होइन ।’

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनैपनि हालतमा स्वीकार्य नहुने पटकपटक दोहोर्याउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब सचेत गराउनु भयो । 


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...