काठमाडौं I काठमाडौंको माइतीघरमा शिक्षा क्षेत्र सुधारका लागि ८ दिनदेखि उभिएर आन्दोलन गर्दै आएका नेत्र चापागाईंले आफ्नो आन्दोलन गरेका छन्। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन अन्त्य गरेका हुन्।
शैक्षिक क्षेत्र सुधारको माग गर्दै चापागाईंले सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर आफ्नो आवाज बुलन्द गर्दै आएका थिए। काठमाडौंमा उनको यो आन्दोलन सोमबार आठौं दिनमा प्रवेश गरेको थियो। खुट्टा सुन्निएपछि उनले बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए।
शिक्षा सुधारको यो मागलाई सरकारको तर्फबाट सम्बोधन गर्ने वचनसहित आन्दोलन अन्त्य भएको छ। चापागाईंको यो पहलले शिक्षा सुधारका मुद्दाहरूमा जनचेतना फैलाउने अपेक्षा गरिएको छ।
नेत्र चापागाईंशिक्षामन्त्री विद्या भट्टराईशिक्षामन्त्रीको प्रतिबद्धता पछि नेत्र चापागाईंको आन्दोलन स्थगित