fbpx

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा झर्‍यो

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं । नेप्से परिसूचक निरन्तर ओरालो लागेपछि लगानीकर्ता हताश बन्दै गएका छन्। नेप्से परिसूचक साताको पहिलो सेयर कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागिरहेको छ। नेप्से परिसूचक घट्दै गएपछि कारोबार रकममा पनि गिरावट आएको छ।

आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार २५ अंक , दोस्रो कारोबार दिन सोमबार ३१ अंक र तेस्रो दिन मंगलबार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको थियो।

परिसूचक घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ। आज ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब माथिको सेयर कारोबार भएको थियो।

यसदिन दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। तेह्रथुम पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड बढी मूल्यको सेयर कारोबार भयो। दुई उपसमूहबाहेक बाँकीको सूचक नकारात्मक देखिए।

बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य उपसमूहको सूचक घटेको हो। यसदिन ८० कम्पनीको मूल्य बढ्दा १५३ वटाको मूल्य भने घट्यो।

annapurnapost


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो