काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंकले बढेर १९५२.१९ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से १५.४० अंकले घटेर १९४८.५६ विन्दुमा बन्द भएको थियो।
यसदिन प्री ओपन सेसनमा ५१ स्टकको २ हजार ८७ कित्ता सेयर १० लाख ३३ हजार ३७ रुपैयाँमा खरिदबिक्री भयो।
जसमध्ये २७ स्टकको मूल्य बढ्यो भने १८ को घट्यो। बाँकी छ स्टकको मूल्य स्थिर रह्यो।