काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। तीनदिन लगातार ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले माथि उक्लिएको हो। आइतबार, सोमबार र मंगलबार नेप्से परिसूचक घटेको थियो।
यसदिन नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बढेर ३९३.०५ विन्दुमा पुगेको छ।
२६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को बढ्यो भने १ को मात्रै घट्यो।
सेयर बजार दोहोरो अंकले बढेपनि आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा आईएमई इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड बढि मूल्यको सेयर कारोबार भयो।