fbpx

दोहोरो अंकले घटेर बन्द भयो नेप्से परिसूचक

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४९ अंकले बढेको नेप्से आज ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा अडिएको छ।

नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३२२ स्क्रिप्सको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब ८१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.८५ प्रतिशतले बढ्यो। ग्रीन भेन्चर्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

४७ करोड बढीको कारोबार गरी अपी पावर शीर्षस्थानमा रह्यो। एनएलजी इन्स्योरेन्सको १७ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १४ करोड र सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्सको १३र१३ करोडको सेयर कारोबार भयो।

यसदिन मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्। कारोबारमा आएका ३९ स्टक्सको मूल्य बढ्दा २०१ को घट्यो। ४ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन