fbpx

साताको पहिलो दिन ५०.७३ अंकले घट्याे नेप्से

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो । आज बजार खुलेको २५ मिनेटमै नेप्से परिसूचक २७३४ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारको उच्चतम अंक हो । दिउँसो २:०५ बजेपछि भने बजारमा बिक्री चाप उच्च हुँदा गिरावट तीव्र देखियो । २:०५ बजेसम्म बजार २६९५ अंकमा हरियो थियो । त्यसपछि ओर्लिएको बजार २६३७ अंकमा झर्‍यो । यसले अन्तिम एक घण्टामा बिक्रेता हाबी भएको देखाउँछ ।

बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१९ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटे ।

बजार घट्दा पनि रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी तथा इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो भने ग्रीनलाइफ हाइड्रोपावरको ९.४, सीईडीबी हाइड्रोपावरको ९.१५, इमर्जिङ नेपालको ७.१२ र नेपाल वेयरहाउजिङको ७.१० प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर तथा सिंगटी हाइड्रो इनर्जी क्रमशः अगाडि रहे ।


काठमाडौं

शुक्रबार, कार्तिक १६, २०८१

२५.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक