fbpx

४२ अंकले बढेको सेयर बजार २१.३४ अंकले गिरावट

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । गत साता ४२ अंकले बढेको सेयर बजार परिसूचक ( नेप्से ) यो साता २१.३४ अंकले गिरावट आयो । गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो । तर यो साताको अन्तिम कारोबारको दिन बिहीबार गत साताको तुलनामा २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको हो ।

सो साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो । सो साताको पहिलो कारोबार दिन अर्थात् आइतबार बजार ११.४९ अंकले घट्दै २६८८.२१ बिन्दु कायम भएको थियो । आइतबार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयरको ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको थियो ।

सोमबार बजार परिसूचक १०.९८ अंकले घटेर नेप्से २६७७.३२ अंकमा पुगेको थियो । उक्त दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको थियो । मंगलवार १ करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको थियो ।

बुधवार पनि सेयर बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको थियो । उक्त दिन करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा झरेको थियो । यो सातामा परिसूचक २६८५.७३ को उच्च बिन्दुमा उक्लियो भने २६७७.३२ को न्यून बिन्दुसम्म झरेको थियो ।

कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख बराबर कारोबार भएको थियो । सोमबार दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबारमा झरेको थियो भने मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० पुगेको थियो । बुधवार ८ अर्ब ७२ करोडको कारोबार भएको थियो भने बिहीबार घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो । अघिल्लो साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५८ प्रतिशत अर्थात् ४२।०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ ।

प्रतिरोध परीक्षण गरी फर्कियो
गत साता नेप्सेले २७६० देखि २८०० को प्रतिरोध परीक्षण गरेको थियो । गत साताको दोस्रो कारोबार दिन नेप्सेले सो क्षेत्र परीक्षण गरेको हो । सोपश्चात् भने नेप्से घटेको थियो । आगामी दिनमा नेप्से ओरालो लागेमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ ।

बिक्रीकर्ता हाबी
साप्ताहिक रूपमा गत साता नेप्सेले बियरिस पिन बार मैनबत्ती बनाएको छ । यसले सो साता बजारमा बिक्रीकर्ता (सेलर )हाबी रहेको संकेत गर्दछ । साताको अन्तिम तीन कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो । जसले ती दिनहरूमा पनि बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ ।

बलियो भोल्यूम
गत साता नेप्सेसँगै भोल्यूम भने बलियो रहेको छ । गत साता नेप्सेमा दैनिक औसतमा १० अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औसत भोल्यूम ७ अर्ब ८५ करोड रहेको छ । २० दिने औसत भोल्यूमको तुलनामा गत साताको दैनिक औसत भोल्यूम ३२.३५ प्रतिशत बढी हो ।

बुलिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ । त्यस्तै, यी दुबै रेखा र नेप्सेको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ । यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ । यद्यपि, साताको अन्त्यतिर भने हिस्टोग्रामको उचाइ घट्दो क्रममा रहेको छ ।

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ । यसले बजारमा खरिदबिक्री चाप सन्तुलित रहेको संकेत गर्दछ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...