यो साता सेयर बजार २.९ प्रतिशत घट्यो

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं । यो साता सेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो ।

यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो ।

पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो । साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो । कारोबार रकम केही घटेको छ ।

आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो ।

यो साता सबै सेक्टर घटेका छन् । चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन् । फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे ।

विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ । गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो ।

समग्रमा फागुन महिनाको कारोबार सकिएको छ । १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ । महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो । १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो । जुन अंक ९ भदौ यताकै उच्च हो ।

कस्तो रहला आगामी साताको बजार रु

लगातार ७ दिन बजार घटेर यो साता अन्तिम दिन बढ्यो । जसले बजार आगामी साता बढ्ने संकेत देखाएको छ । बढ्दो बजारमा करेक्सन पर्याप्त देखिएकाले आगामी साता बजारले वृद्धिको लय कायम राख्ने अनुमान छ ।

बजारलाई प्रभाव पार्ने आर्थिक सूचकहरू सबै सकारात्मक छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार उच्च विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन बचत, रेमिट्यान्सको वृद्धिदर कायम, घटेको ब्याजदर, पर्याप्त लगानीयोग्य रकम जस्ता सबै वित्तीय सूचक बजार अनुकूल छन् । यसले पनि बजार बढाउने आधार बलियो देखिएको छ ।

तर, विगत दुई साताका अधिकांश दिन बजार घटेकाले लगानीकर्तामा विश्वास अझै बढ्न सकेको छैन । त्यसैले बजार केही बढ्दा आगामी साताका सुरुवाती दिनलाई केहीले बिक्रीको मौकाका रूपमा लिन सक्नेछन् ।

त्यस्तो मौका लिनेको आपूर्ति माग पक्षले पचाउन सके बजार अर्को साता सहजै बढ्ने छ ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन