नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने दुई बैंकलाई नगद जरिबाना,६ वटा बैंकलाई गर्याे सचेत

author

समाचारपाटी

२ years अगाडि

नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कारवाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सनराइज र मेगा बैंक अगाडि देखिएका छन् । दुवै बैंकको व्यवस्थापन र सञ्चालक समितिलाई नियामकीय व्यवस्था उल्लंघन गर्दा राष्ट्र बैंकले ३ पटक सममा सचेत गराएको छ ।

सरकारी लगानी रहेको कृषि विकास बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनको उल्लंघन गर्दा २० लाँख रुपैयाँ नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंक अफ काठमाण्डूलाई राष्ट्र बैंकले तोकेअनुसारको विपन्न वर्ग क्षेत्रमा कर्जा लगानी नगर्दा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगद जरिबाना गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै चारवटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । प्राइम कमर्सिलय बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र प्रभु बैंकले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु पनि रोक्का नराखेका हुन् ।

हिमालयन, सनराइज, मेगा र ग्लोबल आईएमई बैंकले ऋणीसँगको सम्झौता विपरीत प्रिमियम दर बढाएर कर्जाको ब्याजदर बढाएको भन्दै राष्ट्र बैंकले प्रमुख कार्यकराी अधिकृतलाई सचेत गराएको छ । ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन नं। १५ ९३० ९८० मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्थाको छ ।

तर, ४ वटा बैंकले भने उक्त व्यवस्था पालना नगरेको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन