काठमाण्डौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले १० हजार मत कटाउनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ७ हजार ८ सय १६ र राप्रपाका ठाकुरमोहन श्रेष्ठले एक हजार ३ सय ८१ मत पाउनुभएकाे छ ।
यो क्षेत्रमा सुरुवातदेखि नै अग्रता लिनुभएका थापाले पछिल्लो समय अग्रता बढाउँदै लग्नुभएकाे छ । यो क्षेत्रमा हालसम्म २२ हजार ५ सय ७५ मत गणना भइसकेको छ ।