fbpx

देउवाले एकलौटी गर्दा गठबन्धन भत्किएको शेखर समूहको आराेप

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ । डा शेखर कोइराला समूहको बुधबार बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताउनुभएकाे हाे।

इतर समूह आगामी केन्द्रीय कार्य समिति बैठकमा देउवासँग फेस गर्ने योजनामा छ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयाे ।

बालुवाटारस्थित नेता डा। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक बसेको थियो । पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने तयारी छ ।

नयाँ सत्तासमीकरण भएपछि कांग्रेस सत्ताबाट बाहिरिएको छ। संसदमा ठूलो दल बनेको कांग्रेस पार्टी सभापति देउवाकै हठका कारण प्रतिपक्षमा पुगेको भन्दै कांग्रेसभित्र विवाद सिर्जना भएको छ।

पाँच दलीय गठबन्धन भत्किएर एमाले नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको छ। एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसक्नुभएकाे छ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन