नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाण्डौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकाल्नुभएकाे हाे ।
भट्टराईलाई थापाले ७ हजार ४ सय ५७ मतान्तरले पराजित गर्नुभएकाे हाे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएकाे थियाे । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा हुनुहुन्थ्याे । तर ३२ सय मतान्तरले थापाले जित्नुभएकाे थियाे । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाउनुभएकाे छ ।
३१ वर्षे उमेरमै समानुपातिक सांसद रहनुभएका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएकाे थियाे ।